संङखुवासभा चैनपुर नगरपालिका १ नुुनढाकिमा जन्मेका प्रेम सन्जय लिम्बु सन् १९९१ मा ब्रिटिस आर्मीमा भर्ना भएका हुन् । १६ बर्षसम्म ब्रिटिस आर्मीमा सेवा गरेपछि मेडिकल डिस्र्चाज भएर २०१३ मा गोर्खा पिस फाउन्डेसन दर्ता गरी समाज सेवाको क्षेत्रमा लागिरहे ।
त्यसो त शिक्षा स्वास्थ्यका क्षेत्रमा सेवा गरिरहेका लिम्बुलाइ यतिबेला एक सामाजिक उदाहरणिय ब्यत्तिका रुपमा लिन सकिन्छ । स्वदेश फर्किएर आफ्नै ठाउँमा केहि गर्न सकिन्छ भनेर सन् २०१६ मा नेपाल फर्किएका लिम्बु चैनपुर नगरपालिका स्थित नुनढाकिमा धार्मिक तथा पर्यटकिय संरक्षण समिती स्थापना गरी नुनढाकी क्षेत्रलाई पर्यटकिय स्थान बनाउन लागिरहेका छन् ।
राष्ट्र्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पर्यटकिय गन्तब्यको पहिचानका निम्ति संर्घषरत छन । आफैमा एउटा इतिहास बोकेको स्थल नुनढाकिमा तातोपानीको मुहान रहेको छ भने उक्त तातोपानीमा नुहाउनाले चर्मरोग , छाला सम्बन्धिका बिभिन्न रोगहरु निको हुने जनविश्वास रहिआएको छ ।
सोहि स्थानमा यतिबेला १०८ धारा निर्माण भइरहेको छ ,स्विमिङ् पुल, शिवको मुर्ति जस्ता बनेका कारण धार्मिक तथा पर्यटकिय आकर्षण बढिरहेको छ । गाँउका युवाहरुमाझ यतिबेला लिम्बु एक प्रेरणा बनेका छन् । गाँउमै बसेर केहि गर्न सकिन्छ भनेर गाँउका लागि मात्र नभइ सिङ्गो युवामाझ प्रेरणा बनेका छन ।