प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमै चुनाव सम्पन्न गरी देशलाई तीव्र विकासको मार्गमा अघि बढाउन युवाशक्तिलाई सुदृढ बनाउनु सरकारको प्रमुख जिम्मेवारी भएको बताएकी छिन्।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौंमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री कार्कीले सरकार निर्वाचन तयारीमा पूर्ण रूपमा जुटेको स्पष्ट गरिन्।
उनका अनुसार नवयुवा आन्दोलनले उठाएका माग—भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी, तथा गास–बास–कपासको ग्यारेन्टी—देशको समग्र रूपान्तरणका आधार हुन् र ती माग सम्बोधन गर्न सरकार गम्भीर रहेको छ।
प्रधानमन्त्री कार्कीले संस्कृतिको संरक्षणलाई विकाससँग जोड्दै पर्यटन प्रवद्र्धनमा उपयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याइन्।
