मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

समाजवादीको बैठक बालुवाटारमा जारी

काठमाडौं । नयाँ सत्तासमिकरण बनेसँगै निष्क्रिय देखिएको समाजवादी मोर्चाको बैठक बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका आगामी कार्यनीतिबारे छलफल भइरहेको बताइएको छ ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । विप्लव मोर्चाको संयोजक हुन् ।

यसअघि माधव नेपाल मोर्चाको संयोजक थिए । मोर्चाको नेतृत्वमा रहेका विप्लवले हिजो बालकोट पुगेर केपी शर्मा ओलीसँग भेटेका थिए । मोर्चामा आवद्ध हुन विप्लवले ओलीलाई आग्रह गरेका थिए ।