पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, जहरे खेतमा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्थानीय प्रहरीका अनुसार भारी वर्षापछि रुखसहित आएको पहिरोले राजमार्ग अवरुद्ध बनाएको हो। अहिले सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।
त्यस्तै, धादिङकै थाक्रे गाउँपालिका–७, सातकिलोमा खसेको अर्को पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ। लगातारको वर्षाले पहिरोको जोखिम बढ्दै गएपछि यात्रुहरुलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ।
