सुनको भाउ आज पुनः कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गएको भदौ १३ गते शुक्रबार सुनको भाउ पहिलोपटक तोलामा दुई लाख नाघेको थियो। त्यसयता सुनको मूल्य निरन्तर बढ्दै आएको छ। हिजो सुन तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँमा थियो भने अस्ति दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको भाउ भने आज केही घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार चार सय ८० रुपैयाँमा झरेको छ। हिजो चाँदी अहिलेसम्मकै उच्च मूल्य तोलाको दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो।
