मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

गाजामा इजरायली आक्रमणमा पाँच पत्रकारको मृत्यु

गाजास्थित अल–शिफा अस्पताल नजिकै भएको इजरायली आक्रमणमा परी पाँच जना पत्रकारको ज्यान गएको छ। बीबीसीका अनुसार, अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेको बेला आक्रमण भएको हो।

मारिने पत्रकारहरूमा अल जजीराका संवाददाता अनस अल सरिफ, मोहम्मद क्रेकेह, क्यामेराम्यान इब्राहिम जाहेर, मोआमेन अलिवा र उनीहरूको सहायक मोहम्मद रहेका छन्। अल जजीराले पनि उनीहरूको मृत्यु पुष्टि गरेको छ।

आक्रमण हुनुअघि पत्रकार शरिफले गाजा शहरभित्र तीव्र इजरायली बमबारी भइरहेको प्रत्यक्ष रिपोर्टिङ गरिरहेको भिडियो सार्वजनिक भएको बताइएको छ।

कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्स (CPJ) का अनुसार, सन् २०२३ मा गाजामा इजरायलको सैन्य कारबाही सुरू भएयता अहिलेसम्म १८६ पत्रकारको ज्यान गइसकेको छ।