मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

पत्रकार दीपेन्द्र खनियाँ आफ्नै निवासमा मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौँ महानगरपालिका–१०, बानेश्वरस्थित थापागाउँमा बस्दै आएका पत्रकार दीपेन्द्र खनियाँ आफ्नै निवासमा मृत भेटिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारीअनुसार खनियाँको शव घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेको हो।

खनियाँ रेडियो अडियोका सञ्चालक थिए। उनका परिवारका सदस्यहरूले भने घटना भएको घर उनले गएको फागुनमा बेचिसकेको बताएका छन्। मृतककी श्रीमती र एक छोरी छन्। घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको एसपी भट्टराईले जानकारी दिनुभयो।