नको बढ्दो सैन्य दबाबका बीच अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलर (करिब १.११ बिलियन डलर) बराबरको हतियार बिक्री गर्न अनुमोदन गरेको छ। रोयटर्सका अनुसार यो ताइवानका लागि हालसम्मकै सबैभन्दा ठूलो अमेरिकी हतियार प्याकेज हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पको वर्तमान प्रशासनअन्तर्गत ताइवानलाई हतियार बिक्री गर्ने यो दोस्रो ठूलो निर्णय हो। ताइवानको रक्षा मन्त्रालयका अनुसार प्रस्तावित प्याकेजमा हाइमार्स रकेट प्रणाली, हाविट्जर, जेभलिन एन्टी–ट्याङ्क मिसाइल, अत्याधुनिक ड्रोन र अन्य सैन्य उपकरणहरू समावेश छन्। यो प्रस्ताव अब अमेरिकी संसद्मा पेस हुनेछ, जहाँ यसलाई बलियो क्रस–पार्टी समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ।
ताइवानका राष्ट्रपति लाई चिङ–तेले राष्ट्रिय सुरक्षामा कुनै सम्झौता नहुने बताउँदै २०२६ देखि २०३३ सम्मका लागि ४० अर्ब डलरको पूरक रक्षा बजेट घोषणा गरिसकेका छन्।
चीनको चेतावनी: 'असफल हुनेछ' यसैबीच, चीनले अमेरिकी निर्णयको कडा विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयले हतियार बिक्रीले ताइवान क्षेत्रको शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पार्ने भन्दै सम्झौता खारेजीको माग गरेको छ। मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चेतावनी दिँदै भने, "अमेरिकाले चीनलाई नियन्त्रण गर्न ताइवानलाई प्रयोग गर्ने रणनीति पूर्ण रूपमा असफल हुने निश्चित छ।"