मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ मा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेट तोकेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार उक्त समयलाई भाइटीकाको सबैभन्दा शुभ साइतका रूपमा निर्धारण गरिएको हो।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार टीकाको लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित योग र विजय मुहूर्तलाई मिलाएर शुभ साइत तोकिएको हो।

यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू हुनेछ। सो दिनदेखि यमदीप दानको आरम्भसँगै धन त्रयोदशी र धनतेरस पर्व पनि मनाइनेछ।

समितिद्वारा स्वीकृत पात्रोअनुसार –

  • कात्तिक २ गते आइतबार: काग तिहार र धनवन्तरी जयन्ती

  • कात्तिक ३ गते सोमबार: कुकुर तिहार, नरक चतुर्दशी स्नान, लक्ष्मी पूजा र दीपमालिका

  • कात्तिक ४ गते मङ्गलबार: स्नान–दानका लागि औँशी तिथि

  • कात्तिक ५ गते बुधबार: गाई, गोरु र आत्म (म्ह) पूजा तथा नेपाल संवत् नयाँ वर्ष ११४६

  • कात्तिक ६ गते बिहीबार: भाइटीका र किजा पूजा

शास्त्रीय मान्यताअनुसार ‘भ्रातृपूजा’ भन्ने शब्दले दाजुभाइ दुवैलाई जनाउने भएकाले भाइटीकाको दिन ज्येष्ठको क्रमानुसार टीकाटालो गर्नुपर्ने समितिले स्पष्ट गरेको छ।