मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एनआरएन हङ्गेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद हङ्गेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ ।

एनआरएनए हङ्गेरीको मङ्गलबार राजधानी बुडापेस्टमा सम्पन्न १८ औँ राष्ट्रिय महाधिवेशनले भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति दुई वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।

उक्त महाधिवेशनले उपाध्यक्षमा सुर्य दमै, उपाध्यक्षमा लेखबहादुर गुरुङ, महासचिवमा सञ्जय कार्की, सचिवमा रिजन थापा, कोषाध्यक्षमा यमबहादुर दर्जी, महिला संयोजक तथा प्रवक्तामा दिपिका गिरी र युवा संयोजकमा शिवकुमार भण्डारी निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा शङ्कर भण्डारी, मनिषा केसी, वीरबहादुर दमै, राकेश चिमुरिया, अस्मिता प्रधानाङ्ग, साजन तमाङ, नारायण पौडेल, सविन खिउन्जु, हिरा दमै निर्वाचित हुनुभएको हो । कास्की माछापुच्छ«े गाउँपालिकाका भण्डारी लामो समयदेखि हङ्गेरीमा बसेर सामाजिक काम गर्दै आउनुभएको छ ।

भण्डारीले विगत १९ बर्षदेखि नेपाललाई हङ्गेरीमाझ चिनाउँदै आउनुभएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी नेपाल हङ्गेरी सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने बताउनुभयो ।