मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

प्रतिनिधिसभा चुनावका लागि ३७ दल दर्ता, ठूला दल कांग्रेस_एमालेले अझै दर्ता प्रक्रिया सुरू गरेनन्

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ३७ दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका कुल दलको संख्या १२६ पुगेको छ भने तीमध्ये ३७ दलले प्रतिनिधिसभा निर्वाचन लड्ने उद्देश्यसहित दर्ता प्रक्रिया पूरा गरेका हुन्।

प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराउने दलहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देश भक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका दलहरू परेका छन्।

यता, प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले ले भने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दर्ता प्रक्रिया अझै सुरू गरेका छैनन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, दर्ता भएका दलमध्ये ३० दल दर्ता प्रक्रियामा रहेका छन्। उनका अनुसार दर्ता प्रक्रिया जारी रहेकाले प्रतिनिधिसभा चुनावमा सहभागी हुने दलहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।