बुधबार सेयर बजार मापन नेप्से १३.४० अंकले बढेको छ । आज नेप्से ०.७१ प्रतिशतले बढेर १९११.२६ बिन्दुमा पुगेर बन्द भएको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेकाे छ । मंगलबार १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ८५ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
आज २३२ वटा धितोपत्रको २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक ०.८५ र १.२० प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो ।
विकास बैंक समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक १.१३ प्रतिशत र वित्त समूहको परिसूचक १.०१ प्रतिशतले बढेको छ ।
बुधबार सिक्लेस हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रति कित्ता मूल्य ३५३ रुपैयाँ १० पैसामा बन्द भएको छ । सेयर मूल्य सर्वाधिक घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ४.१३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ६०० रुपैयाँमा झरेको छ ।