मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

दाङमा फुटबल खेल्ने क्रममा झडप, तीन घाइते, पाँच पक्राउ

काठमाडौं, २० भदौ – दाङको तुलसीपुरमा खसी कप फुटबल खेलको क्रममा खुकुरी प्रहार भएको घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १९ वर्षीय नवीन राना (बसपार्क, तलसीपुर–५), १८ वर्षीय बसन्त परियार र राजेश परियार (गोखुरा, तुलसीपुर–६), नवीन सुनार र जीवन विक (१८ वर्ष) रहेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, भदौ १९ मा महेन्द्र मावि पछाडिको चौरमा भएको फुटबल खेलमा विनोद विक र बसन्त परियारबीच झगडा भएको थियो। खेल सकिएपछि बसन्त परियार समूहका केही व्यक्तिसँग राति करिब साढे १० बजे स्याउलीबजारको बाटोमा अन्य व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोप छ।

घटनामा आयुष विक, विनोद विक र प्रवेश योगी घाइते भएका थिए। घाइते आयुष र विपिनको नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा उपचार गरिएको छ।

प्रहरीले रक्षाचौरको जंगलमा लुकेको अवस्थामा पक्राउ परेकाहरूबाट १ थान खुकुरी, खुकुरीको दाप र फुटेको हेल्मेट बरामद गरेको जनाएको छ।