मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

`शारदा पूर्व विद्यार्थी तथा शिक्षक मञ्चको बैठक निर्णयहरू सार्वजनिक

खराङ, २०८१ फागुन १० – शारदा पूर्व विद्यार्थी तथा शिक्षक मञ्चको १०औँ बैठक सम्पन्न भएको छ। बैठकले विद्यालयको शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकता दिँदै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

विद्यालयको विकास र निर्माण कार्य अघि बढ्ने
श्री शारदा मावि खराङलाई नमूना विद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित स्थापना गरिएको मञ्चले विद्यालयको निर्माणाधीन हललाई पूर्णता दिन पहल गरिरहेको छ। हालसम्म १६५ जना सहयोगी महानुभावहरूले रु. १०,०००/- भन्दा माथिको योगदान गरेका छन्, जसबाट मञ्चको कोषमा करिब १९ लाख रुपैयाँ संकलन भइसकेको छ।

तर, उपलब्ध रकम मात्रैले हलको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न सम्भव नभएकाले Another Brick in Nepal का Country Director सोडेक तथा वरुण बहुमुखी क्याम्प खाँदबारीका पूर्व प्राध्यापक, शिक्षा अभियन्ता परशुराम दाहालको पहलमा थप आर्थिक सहयोग जुटाउने प्रयास भइरहेको छ। आवश्यक परेमा साझेदारी मोडालिटीमा पनि निर्माण कार्य अघि बढाइने मञ्चले जानकारी दिएको छ।

नयाँ शिक्षक नियुक्ति र प्रविधिमैत्री शिक्षा
बैठकले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा ५०% साझेदारीमा एकजना अंग्रेजी माध्यमका शिक्षक नियुक्त गर्ने निर्णय गरेको छ। साथै, तल्लो कक्षाहरूलाई नमूना कक्षाको रूपमा विकास गरिने योजना रहेको छ।

विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले दुईवटा स्मार्ट इन्टरेक्टिभ बोर्ड खरिद गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रेस सल्लाहकार नियुक्ति
बैठकले पत्रकार तथा विद्यालयका पूर्व विद्यार्थी, चैनपुर–१०, मजुवा हाल काठमाडौं निवासी श्रीमती अमृता भण्डारी (चासो अनलाइन) लाई मञ्चको प्रेस सल्लाहकारका रूपमा मनोनयन गर्ने निर्णय गरेको छ।

मञ्चका सचिव देवीबहादुर खड्काले सबै दाताहरू, शुभेच्छुकहरू, पूर्व विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूलाई निरन्तर साथ, सल्लाह र सहयोगका लागि आह्वान गर्नुभएकोछ।