मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

फिलिपिन्सको सेबुमा ६‍.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मृतक ६९

फिलिपिन्सको केन्द्रवर्ती क्षेत्र सेबु प्रान्तमा गएको ६‍.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६९ पुगेको छ। स्थानीय समयअनुसार गएराति १० बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन्।

भूकम्पपछि सार्वजनिक भएका तस्बिरहरूमा भत्किएका भवनहरू, चिरा परेका पुल र सडकहरू प्रष्ट देखिएका छन्। उद्धारकर्मीहरू अहिले भग्नावशेषमुनि फसेका जीवित व्यक्तिहरूको खोजीमा जुटिरहेका छन्।

सरकारी निकायहरू विद्युत् र सञ्चार सेवा पुनःस्थापना गर्न तथा राहत सामग्री पु¥याउन सक्रिय भएको बताइएको छ। भौगोलिक रूपमा अस्थिर मानिने फिलिपिन्स प्राकृतिक विपद्हरूका लागि अत्यन्त संवेदनशील मुलुक हो।

यो भूकम्प एक हप्ता अघि आएका दुईवटा आँधीबेहरी र अत्यधिक वर्षाका कारण आएको बाढीपछि भएको हो, जसमा पनि दर्जनौँ मानिसको मृत्यु भएको थियो।