मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

सरकारले जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। साथै, मृतक प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरिएको छ।

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहणलगत्तै मन्त्रिपरिषद्को निर्णयमा हस्ताक्षर गरेकी हुन्।

सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।

त्यस्तै, आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको तथ्याङ्क सरकारको छ।

मुख्य सचिव अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति सरकारको गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचार र राहतका लागि आवश्यक कदम चालिने बताएका छन्।