मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

हप्ताको पहिलो दिन नेप्से सूचक ३० अंकले घट्यो

हप्ताको पहिलो दिन नेपाल शेयर बजार (नेप्से) उल्लेख्य रूपमा घटेको छ। आज नेप्से सूचक ३०.०२ अंकले घट्दै २,५६६.०९ बिन्दुमा झरेको हो।

आज सबै समूहका शेयरमा गिरावट आएको छ। तीमध्ये फाइनान्स समूह सबैभन्दा बढी प्रभावित रह्यो, जसको सूचक २.९१ प्रतिशतले घटेको छ।

आज बजारमा सूचीकृत २२२ कम्पनीका शेयर मूल्य घटेका छन् भने २९ कम्पनीका शेयर मूल्य बढेका छन्। सोल्टी होटलको शेयर मूल्य भने स्थिर रह्यो।

कम्पनीहरूमध्ये उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ। यद्यपि बजार ओरालो लाग्दा पनि दरमखोला हाइड्रो इनर्जी, माबिलुङ इनर्जीसागर डिस्टिलरी कम्पनीका शेयर १० प्रतिशतले बढेका छन्।

कारोबार रकम पनि आज घटेको छ। बिहीवार ५ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता शेयर मात्रै ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन्।