मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एमाले सचिव योगेश भट्टराईद्वारा पार्टी पुनःगठनको अपिल

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन्। भिडियो सन्देश सार्वजनिक गर्दै उनले जेनजी विद्रोहपछिको बदलिएको राजनीतिक अवस्थालाई मनन् गर्दै पार्टीलाई पुनःगठन गर्ने अभियानमा साथ दिन आग्रह गरेका हुन्।

भट्टराईले इतिहासका प्रत्येक संकट र मोडमा एमाले पुनर्गठित हुँदै आएको स्मरण गर्दै भने, “इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन् गर्नु जरुरी छ। त्यही स्वीकारोक्ति सहितको अभियानका लागि अपिल गर्दछु।”

उनले पार्टीभित्र आत्मभर्त्सना बन्द गरी आत्मसमीक्षा दृढतापूर्वक गर्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।