मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

दोहोरो अङ्कले बढ्यो नेप्से, कारोबार रकम पनि उकालो

नेपाली शेयर बजार आज हरियाली बनेको छ। नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लाग्दै १८.३० अङ्कले वृद्धि भई २८५०.३७ विन्दुमा पुगेको छ।

आज बजारका सबै उपसमूहहरूमा हरियाली छाएको छ। विशेषगरी फाइनान्स, उत्पादन र अन्य समूहमा एक प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ, जसले समग्र बजारमा सकारात्मक प्रभाव पारेको छ।

सिकलेस जलविद्युत् आयोजना र बरुण जलविद्युत् आयोजनाका शेयरहरू आज ९ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्। यद्यपि बजार उकालो लागेका बेला पनि उन्नती सहकार्य लघुवित्तको शेयरमा भने ८ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।

कारोबार रकम पनि आज उल्लेखनीय रूपमा बढेको छ। हिजोको सात अर्ब ६३ करोड रुपैयाँको तुलनामा आज आठ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

बजार विश्लेषकहरूका अनुसार सकारात्मक आर्थिक संकेत र लगानीकर्ताको विश्वासले बजारमा सुधार ल्याएको हो।