मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सुन तोलाको २ लाख ३८ हजारमा, चाँदी घटेर २ हजार ९५५ पुग्यो

नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ। हिजो तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको सुन आज एकैदिन दुई हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

उता, चाँदीको भाउ भने घटेको छ। आज तोलामा ५ रुपैयाँले घटेर दुई हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो चाँदीको मूल्य तोलाको दुई हजार नौ सय ६० रुपैयाँ थियो।