काठमाडौँ — प्रसिद्ध इनर्जी ड्रिङ्क ब्रान्ड म्याक्स टाइगरले बडादशैंको पावन अवसरमा सञ्चालनमा ल्याएको अफर ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ ले देशैभरका उपभोक्तामाझ ठूलो उत्साह र तरंग पैदा गरेको छ। चाडपर्वको खुसीलाई दोब्बर बनाउने उद्देश्यले सुरु गरिएको यस अभियानअन्तर्गत हालसम्म ५ जना भाग्यशाली उपभोक्ताको भाग्य चम्किसकेको छ। पछिल्लो घोषणाअनुसार बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर (Yamaha RayZR) स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई (Yamaha FZ FI) मोटरसाइकल जित्न सफल भएका छन्। यसअघि नै बनेपाका कुमार राज र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितिसकेका थिए।

यो योजना कुनै जटिल प्रतिस्पर्धा वा लटरी प्रक्रियामा आधारित नभई सोझै म्याक्स टाइगरको क्यान खरिद गरेर खोल्दा क्यानभित्रै उपहारको विवरण भेटिने ‘इन्स्ट्यान्ट विन’ प्रणालीमा आधारित छ। कम्पनीका अनुसार यस अभियानअन्तर्गत कुल ३७ वटा ठूला आकर्षक पुरस्कारहरू राखिएका छन्। जसमा १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल, १८ वटा यामाहा रे जेडआर स्कुटर र अभियानको मुख्य आकर्षणको रूपमा १ थान बम्पर उपहार प्रोटोन (Proton) कार समावेश छ। हालसम्म ५ जना विजेता बनिसके तापनि अझै ३२ वटा ठूला पुरस्कारहरू (३१ वटा दुईपाङ्ग्रे सवारी साधन र १ थान बम्पर प्रोटोन कार) जित्न बाँकी नै रहेकाले देशैभरका बजारमा उपलब्ध म्याक्स टाइगरका अफर अङ्कित क्यान खरिद गरी उपभोक्ताहरूले जुनसुकै बेला आफ्नो भाग्य चम्काउन सक्नेछन्।