निर्वाचन आयोगद्वारा स्वीकृत कार्यक्रम तालिका:
राजनीतिक दलले निवेदन पेस गर्ने: मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म
निवेदन पेस गर्ने दलको नामावली प्रकाशन: मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म
उम्मेद्वारको बन्दसूची पेस गर्ने: पुस १३ र १४ गते
उम्मेद्वारको बन्द सूची अन्तिम प्रकाशन: माघ २० गते
निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचन अधिकृतको रूपमा आयोगका सचिव महादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईलाई जिम्मेवारी तोकेको छ। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ कर्मचारी खटिने आयोगले जनाएको छ।
विद्यमान कानुन अनुसार प्रतिनिधिसभामा २ सय ७५ सदस्यमध्ये १ सय ६५ सदस्यको चयन प्रत्यक्ष निर्वाचन प्रणाली र बाँकी १ सय १० सदस्यको चयन समानुपातिक प्रतिनिधित्व प्रणालीद्वारा गरिनेछ।
