काठमाडौं – चीनका लागि नेपाली राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन्।
काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार जानकारी दिएको अनुसार, राजदूत सोङले प्रधानमन्त्री कार्कीसँगको भेटमा उनको नियुक्ति अवसरमा हार्दिक बधाई दिएका थिए र चीनको सहयोगमा प्रतिबद्धता जनाएका थिए।
भेटमा दुवै पक्षले आपसी दृष्टिकोणको आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने विषयमा सहमति व्यक्त गरेका छन्। जेन–जेड आन्दोलनपश्चात्, भदौ २७ गते सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको थियो।