मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

राष्ट्र बैंक : विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब पुग्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार देशको विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

२०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेकोमा, गएको एक वर्षमा मात्रै ३१.२ प्रतिशतले बढ्दै ६ खर्ब ३६ अर्ब ५८ करोड रुपैयाँ थपिएको हो। राष्ट्र बैंकका अनुसार हालको सञ्चिति १५ महिना १२ दिनका लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। चालू वर्षका लागि भने कम्तीमा ७ महिनाको सञ्चिति कायम गर्ने लक्ष्य राखिएको छ।

मूल्यवृद्धिदर घट्यो

गएको आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धिदर ४.०६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यो ५.४४ प्रतिशत थियो।

  • तरकारीमा मूल्यवृद्धि १०.७१%,

  • घ्यु/तेलमा ८.७२%,

  • दाल/गेडागुडीमा ७.९०% र

  • खाद्य तथा खाद्यजन्य पदार्थमा ६.१३% भएको छ।
    तर, माछा–मासुको मूल्य ०.३४% ले घटेको छ।

कर्जा प्रवाह

आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाबाट ८.४% ले बढेर ४ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। लक्ष्य भने १२.५% थियो, जुन पूरा हुन सकेन।
कर्जा वितरणमा गैरवित्तीय संस्थागत क्षेत्रले ६२.८% हिस्सा पाएको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.२% रहेको छ।

बाह्य क्षेत्रीय सुधार

राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू खाता ४ खर्ब ९ अर्ब २० करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष यो २ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँ बचतमा थियो।
त्यस्तै, शोधनान्तर स्थिति पनि सुधार हुँदै ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँ बचतमा पुगेको छ।

What Is the Strongest Currency in the World? | HowStuffWorks