मोरङ, सुन्दरहरैचा - ५, बासबारी निवासि दिल बहादुर अधिकारी तथा छोरा राजकुमार अधिकारीको उहाको निज बासस्थानमा
(घरमा) श्रीमद्गभागवत् सप्ताह ज्ञान महायज्ञ भइरहेको छ ।

आदरणिय गुरू महाराज श्री कपिलदेव भट्ट ज्यूको मुखारबिन्द बाट कथा प्रवचन भइरहेको छ, भने उहाका साथमा श्री डेगनाथ ढकालज्यू
उपवाचकका रुपमा हुनुहुन्छ, थप मिठासका लागि भजन मण्डली तथा बाजाको जम्बो टोली रहेको छ।
अधिकारी परिवारकि ममतामयि आमा स्व. तेजकुमारी अधिकारीको बार्षिक तिथिको अवसरमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ गरिएको छोरी शारादा अधिकारीले जानकारी दिनुभयो |
गुरु माहाराज श्री कपिलदेव भट्ट ज्यू भन्नुहुन्छ, – भगवाद गीतालाई सनातन वैदिक (हिन्दु) धर्मको सार मानिन्छ । यसका विचारहरु संसारका सबै मान्छे र सबै कालखण्डमा लागु हुनसक्छन् । यसमा योग, कर्म, वेदान्त र भक्ति जस्ता विषयमा व्यवहारिक तथा महान निर्देशनहरु पाइन्छन् । यसमा भगवानले ‘सहि कर्म’ के हो र ‘भगवानले आफ्ना भक्तलाई कसरी उद्धार गर्छन्’ भन्ने महत्वपूर्ण कुरा उल्लेख गरिएको छ ।
“तिमी खाली हात यो संसारमा आउछौ र खाली हात जान्छौ । जुन कुरा आज तिम्रो छ, त्यो हिजो कसैको थियो, र भोलि अरु कसैको हुनेछ । यसकारण तिमि जे काम गर्छौ त्यो भगवानलाई समर्पण गर ।”
श्रीमद्गभागवत् सप्ताह महायज्ञमा गुरु महाराज श्री कपिलदेव भट्ट ज्यू लगायत समस्त अधिकारी परिवारद्वारा यस माहायज्ञको लाभ उठाउनहुन समस्त नगरवासिमा चुले निम्तो गर्नुभएको अधिकारी परिवारले बताउनु भयो




