मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरी शव घरभित्रै पुरे

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलपोखरामा श्रीमानले श्रीमतीको हत्या गरी शव घरभित्रै पुरेको घटना सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ३६ वर्षीय किरण गुरुङले ३४ वर्षीया पत्नी सुमित्रा कुमालको हत्या गरी भान्साकोठामा पुरेका थिए। शव फेला परेपछि किरणलाई प्रहरीले पक्राउ गरेको छ।

हत्या भएको करिब ६ दिनपछि मात्र शव भेटिएको हो। अनुसन्धानका क्रममा किरणले आफ्नी ९ वर्षीया छोरीलाई घटना कसैलाई नभन्न दबाब दिएको खुलेको छ।

किरण प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ स्थायी घर भएका हुन्। उनी विगत ८ वर्षदेखि छत्रदेव–४ को पातलपोखरामा बस्दै आएका थिए।

मृतकका माइती पक्षले सुमित्रा हराएको भन्दै बल्कोट प्रहरी चौकीमा खोजीका लागि जानकारी गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानमा श्रीमान–श्रीमतीबीच झगडा हुँदा गएको भदौ ११ गते राति हत्या भएको किरणले स्वीकार गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।