प्रधानमन्त्री ओली र भियतनामी उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

नेपाल–भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन शुक्रबार नेपाल आइपुगेकी हुन्।

यसअघि आजै उपराष्ट्रपति यादव र सुआनबीच पनि भेटवार्ता भएको थियो। भियतनामी उपराष्ट्रपतिले आफ्नो नेपाल भ्रमण पूरा गरी भोलि स्वदेश फर्कने कार्यक्रम छ।