मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कारागार तोडफोडपछि फरारमध्ये १,४५५ कैदी पक्राउ, अझै १२,८५२ बेपत्ता

जेनजीको आन्दोलन उग्र बन्दै गएपछि देशभरका कारागारमा तोडफोड र आगजनी भएका थिए । सो क्रममा भागेका मध्ये हालसम्म १,४५५ कैदीबन्दीलाई पुनः पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन्।

प्रहरीका अनुसार देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म १,४५५ पक्राउ परेका छन् भने अझै १२ हजार ८५२ कैदीबन्दी फरार अवस्थामा रहेका छन्।

त्यसैगरी, प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा समेत विभिन्न ठाउँबाट भागेको प्रहरीले जनाएको छ।

प्रहरीले फरार कैदी र थुनुवाको खोजी कार्य तीव्र पारेको र आवश्यक सहयोगका लागि सर्वसाधारणलाई समेत आग्रह गरेको छ।