इजरायलले गाजामा अस्थायी युद्धविराम गर्न सहमत भएको अमेरिकाले जनाएको छ। युद्धविराम दैनिक चार घण्टामा सीमित हुनेछ।
ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीका अनुसार यस्तो अस्थायी युद्धविरामको घोषणा तीन घण्टा अगावै गरिने छ।
उनले भने, 'हामीलाई इजरायलले युद्धविरामको अवधिमा यी क्षेत्रमा कुनै पनि सैन्य गतिविधि नहुने बताएको छ।'
यसअघि इजरायली सेनाले यी अल्पकालीन युद्ध विरामहरूलाई पूर्ण युद्धविरामको रूपमा बुझ्ने गल्ती गर्न नहुने बताएको छ। बीबीसी
