मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

प्रधानमन्त्री ओलीले लिपुलेक व्यापार मार्ग सहमति प्रति चीनसँग असहमति जनाए

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक क्षेत्रलाई व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने विषयमा भारत–चीनबीच भएको सहमति प्रति चीनसँग आपत्ति जनाउनुभएको छ।

भदौ १४ देखि १८ सम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा प्रधानमन्त्री ओलीले यस विषयमा आफ्नो असहमति स्पष्ट रूपमा व्यक्त गर्नुभएको छ।

ललितपुरस्थित सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन मन्तव्यमा उहाँले यो मुद्दा भारतसँग पनि स्पष्ट रूपमा छलफल गर्दै आएको जानकारी दिनुभयो।

साथै, ओलीले चीनको 'ग्लोबल सेक्युरिटी इनिसिएटिभ' (जीएसआई) मा नेपालले कुनै पनि समर्थन नराखेको पनि बताएका छन्।