हिजो उच्च अंकले वृद्धि भई २,८०० विन्दुमाथि पुगेको शेयर बजार आज तीव्र गिरावटसहित ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से आज ३८.१० अंकले घटेर २,७८१ विन्दुमा झरेको हो।
आज म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक सबै समूहमा गिरावट देखिएको छ। तीमध्ये विकास बैंक समूह सबैभन्दा बढी २.३८ प्रतिशतले घटेको छ। कम्पनीगत हिसाबले ओरिन्टल होटल्सको शेयर ४.७१ प्रतिशतले घट्दा, बजार उच्च अंकले घटेको दिन विकास हाइड्रोपावरको शेयर भने उल्टै १० प्रतिशतले बढेको छ।
बजार सूचक घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ। हिजो ७ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३२२ वटा कम्पनीका १ करोड ७८ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।