असोज २३, काठमाडौँ । सरोज गिरीको शब्द रहेको प्रेम गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ ।
उक्त गीतलाई अािशष थापाले स्वर तथा संगीत दिएका छन् । महोल स्टुडियोमा रेर्कड भएको सो गीतमा ध्वनि संयोजन सागर संसार राईले गरेका छन् भने भिडियो फोटो डिजाई तथा शब्द लेखन विक्रान्त रेग्मीले गरेका छन् ।
प्रध्यापन पेसामा समेत रहेका गिरीको शब्दमा रहेको उक्त उक्त गीतमा तबलामा भुवन गन्र्धवा र गितारमा राहुल विश्वकर्म रहेका छन् । आशिष थापाको अफिसियल युट्युव च्यानलमार्फत प्रकाशन सो गीतमा माया प्रेमको भाव व्यक्त गरेको भेटिन्छ ।
