काठमाडौँ। दशैँको रौनक र खुसीलाई अझ रोमाञ्चक बनाउन म्याक्स टाइगर इनर्जी ड्रिंकले आफ्ना ग्राहकका लागि विशेष उपहार योजना ‘दशैँ धमाका २०२६’ सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत म्याक्स टाइगरको क्यान खोल्दा नै उपभोक्ताले आकर्षक उपहारहरू जित्न सक्नेछन्।
ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा आयोजित एक भव्य कार्यक्रमका बीच कम्पनीले यस अभियानको औपचारिक घोषणा गरेको हो। अफरअन्तर्गत देशभर वितरण गरिएका विशेष क्यानहरूमार्फत कुल ३७ जना भाग्यशाली उपभोक्ताले विभिन्न आकर्षक सवारी साधन पुरस्कार स्वरूप प्राप्त गर्नेछन्।
यस अभियानअन्तर्गत १८ जना विजेताले यामाहा एफजेट एफआई (Yamaha FZ-FI) मोटरसाइकल तथा १८ जनाले यामाहा रे जेडआर (Yamaha RayZR) स्कुटर प्राप्त गर्नेछन्। यसैगरी, अभियानको मुख्य आकर्षणको रूपमा रहेको बम्पर पुरस्कारअन्तर्गत एक जना भाग्यशाली विजेताले प्रोटोन (Proton) कार जित्ने सुनौलो अवसर पाउनेछन्।
कम्पनीका अनुसार यी उपहारयुक्त क्यानहरू देशैभरका बजारमा पठाइसकिएको छ। अब दशैँको किनमेल, खानपिन र भेटघाटमा म्याक्स टाइगरको क्यान खोल्दा उत्कृष्ट स्वाद र ऊर्जासँगै "के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पर्छ कि!" भन्ने छुट्टै उत्साह र उत्सुकता थपिने कम्पनीले जनाएको छ।
चाडपर्वको माहौलमा उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ बनाउने मुख्य उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।