भक्तपुरको सल्लाघारीमा जारी नेकपा एमाले महाधिवेशनका लागि अहिलेसम्म करिब चार सय गाडीहरू काठमाडौं उपत्यका प्रवेश गरेका छन्।
शनिबार बिहानसम्म काठमाडौं उपत्यका भित्र ३९६ वटा साना र ठूला गाडी प्रवेश गरेको स्रोतले बतायो।
ती सवारीसाधनमा १४ हजार भन्दा बढी मानिसहरू भएको आँकलन गरिएको छ।
आजदेखि सोमबारसम्म एमालेको महाधिवेशन चल्नेछ। यो कार्यक्रमका लागि देशभरिबाट एमाले कार्यकर्ताहरू काठमाडौं आउँदैछन्।
