मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ प्रकाशनमा ल्याएको छ । 

प्रतिष्ठानको साहित्य मातृभाषा विभागको अनुसन्धान परियोजना अन्तर्गत प्रकाशित यस पुस्तकलाई साहित्यकार गोपाल अश्कले लेखेका हुन् । हालै प्रकाशित यस पुस्तकले भोजपुरी साहित्यको उन्नयन र प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । 

आफ्नो मातृभाषा र साहित्यको इतिहास जान्ने रुचि हरेक पाठकमा रहने भएकोले यस्ता कृतिले भाषा साहित्यमा रुचि राख्नेहरूलाई आकर्षित र प्रेरित गर्ने कृतिकार गोपाल अश्कले बताए ।