मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भोलिदेखि

नेकपा एमालेले भोलिदेखि आफ्नो दोस्रो विधान महाधिवेशन सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि३ सय १५ जना आयोजक सहभागी हुनेछन्। कार्यक्रममा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने एमालेले जनाएको छ।