मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कांग्रेस कार्यालयको अवलोकनमा एमाले नेताहरू

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित शीर्ष नेताहरूले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपाको अवलोकन गरेका छन्। जेन–जी प्रदर्शनका क्रममा जलाइएका कांग्रेस केन्द्रीय कार्यालय पुगेर उनीहरूले आज बिहान क्षतिको अवस्था बारे जानकारी लिएका हुन्।

अवलोकनमा उपाध्यक्षद्वय गुरु बराल र अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत सहभागी भएका थिए।

उनीहरूलाई कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको विवरण दिएका थिए। श्रेष्ठका अनुसार एउटै समूहले योजनाबद्ध रूपमा कार्यालयमा क्षति पुर्‍याएको हो।

“पहिलो, दोस्रो र तेस्रो पटकसम्म उनीहरू आएर सामग्री लुटेर लगे। चौथोपटक आएर कार्यालयमा आगजनी गरे,” श्रेष्ठले बताउनुभयो।