नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै यसको माहोल उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष प्रवर्द्धनात्मक अभियान (Activation) सुरु गरेको छ। प्रतियोगितामा सहभागी कुल ८ मध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले कीर्तिपुरस्थित TU अन्तर्राष्ट्रिय क्रिकेट मैदान बाहिर ७ वटा विशेष गेट तयार गरेको हो।
एनपीएलका खेलहरू हुने मुख्य स्थल बाहिरै समर्थकहरूलाई आफ्नो प्रिय टोलीको उत्साहसँग जोड्ने उद्देश्यले यी गेटहरू निर्माण गरिएका हुन्। प्रत्येक गेटमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। एनपीएल सुरु हुनुअघि नै यस स्तरको ठूलो ब्रान्डिङ अभियान चलाउने पहिलो ब्रान्ड एक्सट्रीम बनेको कम्पनीले जनाएको छ।

एक्सट्रीमले एनपीएलका ७ टोलीहरू—काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग मुख्य प्रायोजन साझेदारी गरेको छ।
ब्रान्डिङलाई थप व्यापक बनाउन कम्पनीले पोल ब्यानर, ठूला होर्डिङ बोर्डहरू, गेट ब्रान्डिङका साथै टेलिभिजन विज्ञापनमार्फत पनि एनपीएलको प्रचारप्रसार र डिजिटल उपस्थिति बढाउँदै लगेको छ। एनपीएल सिजन ३ यही कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुँदैछ।